धनगढी: रास्वपा सभापति रवि लामिछानेले आफूहरूले ५ वर्षको स्थायी सरकार मागेको भन्दै आफूहरूले जनतासँग करार गरेको बताएका छन् । धनगढीमा आयोजित कार्यक्रममा उनले भने, ुवाचा जसले गरेको हो । पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले पाउने होइन । उनले भारतमा काम गर्ने सुदूरपश्चिमका जनतालाई पनि सम्झना सुनाउँदै परदेशको भूमिमा काम गर्नु सजिलो नभएको बताए । उनले सधैँ नेताले जित्ने र जनताले हार्ने भएको बताउँदै भने, ुयसपाला जनताले जित्ने हो ।
उनले आफूहरू इतिहास बदल्ने सोच लिएर आएको बताए । उनले यसपटक मत नबाँड्न पनि अनुरोध पनि गरे । उनले आफू खुद्रामा कुरा गर्न नआएर एकै पटक सबै बदल्न आएको बताए । उनले सिंहदरबार बनाउने भन्दा पनि बदल्न जरुरी भएको बताए । उनले केही मान्छे भ्रम छर्न आएको बताउँदै आफूहरूलाई डोजर चलाउन आएको भन्न सक्ने बताउँदै प्रश्न गरे, ३५ वर्षसम्म हाम्रो सपनाको डोजर कसले चलायो रु उनले आफूहरू बनाउन आएको दाबी गर्दै भने, हामी बनाउन आएका हौं । बनाउँछौं ।


