कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खुला गरेको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ संकलन गरी निकासी गर्ने सुविधा दिएको हो । निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रमा कमजोर आर्थिक अवस्था भएका बासिन्दालाई घरगोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
उनका अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टरमा ५० रुपैयाँको टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिइने छ । खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ । खरखडाइका समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन हुने निकुञ्ज कार्यालयले जनाएको छ । खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतासमेत पूरा हुन्छ,ु निकुञ्जका सूचना अधिकारी वाग्लेले भने,खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुन्छ ।
निकुञ्जले हरेक वर्ष घांँसे मैदान व्यवस्थापनमा ठूलो खर्च गर्दै आएको छ । कतिपय ठाउँमा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने गरेको छ ।


