धनगढी: कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित कैलालीको गोदावरीका ३ जना पक्राउ परेका छन् । बुधवार राती बेलौरी नगरपालिका – ८ बुढीयाघाटबाट गोदावरी नगरपालिका – १ विजयनगरका २२ वर्षीय पारस पार्की, २८ वर्षीय केशव कुञ्जेडा र २५ वर्षीय रोहित कामी पक्राउ परेका हुन ।
शंका लागि चेकजाँच गर्दा पारसको साथबाट ८१० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूलाई प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
यस्तै धनगढी उपमहानगरपालिका – १ वसन्त टोलबाट स्थानीय १८ वर्षीय कृष्ण चौधरी पक्राउ परेका छन् । उनको साथबाट ४१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको हो ।

