धनगढी । दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ।
स्वरूप फेरिएको त्रिविमा यसपटक दशकले प्यारापिटबाट खेल हेर्न पाउँदैछन् भने खेल फ्लडलाइटमा राति समेत सञ्चालन हुनेछन्। आज हुने उद्घाटन खेल अपराह्न ४ बजे सुरू हुनेछ। उद्घाटन खेलमा अघिल्लो संस्कणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। जनकपुरमा आबद्ध भएका चर्चित दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर आजको खेलमा भने अनुपस्थित हुनेछन्।
२७ दिनको अवधिमा ३२ खेल
आठ टोलीबीच समूह चरणमा २८ खेल हुनेछन्। यस्तै तीन वटा प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन्। दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल ३स्३० तथा ४ बजे सुरू हुनेछन्।
जसका कारण दोस्रो खेलको दोस्रो इनिङ्ग्स फ्लडलाइटमा हुनेछन्। प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुनेछ। मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइनमै हुनेछ।
कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा गर्ने तालिका सार्वजनिक भएको छ। एक मात्र खेल हुने दिन फ्लडलाइटमै खेल हुनेछ।
नेपाली खेलाडीको २ लाखदेखि २२ लाख रूपैयाँसम्म। विदेशी खेलाडीको सार्वजनिक गरिएको छैन। गत वर्ष भारतका शिखर धवनले एकै खेलको ४० लाख रूपैयाँ लिएका थिए।
विदेशी खेलाडी
अहिलेसम्म आबद्ध भएका खेलाडी विदेशी खेलाडी – १४ देशका ४३ जना
हाल टेस्ट टोलीबाट खेलिरहेका खेलाडी – ४ जना, न्युजिल्यान्डका स्कट कुग्लेइन ९सुदूपश्चिम रोयल्स०, न्युजिल्यान्डकै जिमी निशम ९पोखरा एजेभन्जर्स०, अफगानिस्तानका नाजीबुल्लाह जाद्रान ९कर्णाली याक्स० र अफगानिस्तानकै गुल्बादिन नइब ९लुम्बिनी लायन्स०
निशम र नइबले सिजनको पूरै खेल खेल्ने छैनन्। उनीहरू सुरूआती खेल खेलेपछि युएईको आइएलटी २० खेल्न जानेछन्।
अहिलेसम्म लिगका लागि ४३ जना विदेशी खेलाडी आबद्ध भए पनि आइसिसीले टेस्ट देशबाट हाल खेलिरहेका चार जना मात्र खेलाडी एनपिएल खेल्न पाउने नियम बनाएको थियो।
जसका कारण चार टोलीलाई गोलाप्रथाबाट टेस्ट टोलीका खेलाडी ल्याउनका लागि कोटा दिइएको थियो। अरू टेस्ट टोलीका खेलाडी संन्यास लिएका वा राष्ट्रिय टोलीबाट नपरेका वा दुई वर्षदेखि टोलीबाट बाहिर रहेका छन्।
प्रत्यक्ष प्रसारण
अनलाइल एपमार्फत् एनपिएल हेर्नका लागि डिस होमलाई अधिकार बेचिएको हो। यो अधिकार नेपालसहित विश्वभरका देशका लागि हो। तर भारतमा भने यो अधिकार नबेचिएकाले त्यहाँ यो एपबाट एनपिएल हेर्न पाइने छैन। यस्तै यसपटक युट्युबमार्फत भने एनपिएल हेर्न पाइने छैन।
नेपालमा टेलिभिजनको आधिकार कान्तिपुर टेलिभिजनलाई बिक्री गरिएको छ। भारतीय टेलिभिजन स्टार स्पोर्ट्सलाई भने क्यानले पैसा तिर्नेछ। विदेशी खेलाडी र टोलीसँग लिगको हाइपका लागि गरिएको प्रतिबद्धताका कारण स्टार स्पोर्ट्समा एनपिएल देखाउन लागिएको क्यानको भनाइ छ।
डिस होम गोका अनुसार एक सिजनको एनपिएलका लागि नेपालमा रहेका दर्शकले ३ सय रूपैयाँ तिर्नु पर्नेछ। मध्यपूर्वका देशका लागि ५ सय रूपैयाँ र विश्वका अरू देशका लागि १० अमेरिकी डलर तिरेपछि एक सिजनका सबै खेल हेर्न पाइनेछ।
खेलहरू मोबाइल वा टेलिभिजनबाट हेर्न सकिनेछ। तर एक डिभाइस मात्र सपोर्ट गर्नेछ।
यसका लागि सुरूमा डिस हो गोको एप डाउनलोड गरेर माइ प्लानमा गएर एनपिएल सिजन पास खरिद गर्न सकिन्छ। खरिद गर्नका लागि खल्ती वा इसेवाबाट रकम तिर्न सकिनेछ।
रंगशालामा गएर हेर्न दर्शकका लागि टिकट मूल्य
उद्घाटन र शनिबार( साधारणतर्फ ५ सय रूपैयाँ, प्रिमियमतर्फ १५ सय रूपैयाँ बाँकी दिनका समूहका खेल( साधारणतर्फ ५ सय रूपैयाँ, प्रिमियमतर्फ १ हजार रूपैयाँ तीन वटा प्लेअफ र फाइनल( साधारणतर्फ १ हजार रूपैयाँ, प्रिमियमतर्फ २ हजार रूपैयाँ
सिजनभरिको सबै खेलको पास– १५ हजार रूपैयाँ टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ। त्रिविको प्यारापिटको कुल सिट क्षमता १० हजार रहेको छ। क्यानले एक दिनमा १० हजार टिकट बिक्री गर्नेछ। त्योबाहेक ३ हजार क्षमताको अस्थायी प्यारापिटमा पाहुना, प्रयोजक, खेलाडीका परिवार, टिमका लगानीकर्तालाई राखिनेछ।
खेलाडी र प्रशिक्षक
१ विराटनगर किंग्स
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन्। यस टोलीमा रहेका खेलाडीहरूमा सन्दीप लामिछाने ९कप्तान०, बसिर अहमद, लोकेश बम ९विकेटकिपर०, सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल ९विकेटकिपर०, शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।
प्रशिक्षक – पुबुद दासानायके ९क्यानडा०
२ जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सका कप्तान अनिल साह ९विकेटकिपर० हुन्। टोलीमा अनिल साह ९कप्तानरविकेटकिपर०, विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी(ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था ९विकेटकिपर०, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख ९विकेटकिपर०, रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्।
प्रशिक्षक स् शिवनारायण चन्द्रपाउल वेस्ट इन्डिज
३ चितवन राइनोज
चितवन राइनोजको कप्तानी कुशल मल्लले गर्नेछन्। यस टोलीमा कुशल मल्ल ९कप्तान०, विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल ९विकेटकिपर०, अर्जुन साउद ९विकेटकिपर०, सोहेल तनवीर र सैफ जैब समावेश छन्।
प्रशिक्षक स् कलाम अली
४ काठमाडौं गोर्खाज
काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी ९कप्तान०, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर ९विकेटकिपर०, सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन ९विकेटकिपर०, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस ९विकेटकिपर०,सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
प्रशिक्षक स् मोन्टी देशाइ भारत
५ पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीका खेलाडीहरूमा कुशल भुर्तेल ९कप्तान०, आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन ९विकेटकिपर०, जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।
प्रशिक्षक स् राजीव कुमार ९भारत०
६ लुम्बिनी लायन्स
लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा रोहित पौडेल ९कप्तान०, दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ ९विकेटकिपर०, विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।
प्रशिक्षक स् टिनु योहान्नन ९भारत०
७ कर्णाली याक्स
कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्। खेलाडीहरूमा सोमपाल कामी ९कप्तान०, विल बोसिस्टो, दीपक डुम्रे ९विकेटकिपर०, अर्जुन घर्ती ९विकेटकिपर०, गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला ९विकेटकिपर०, म्याक्स ओुडाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा र नाजिबउल्लाह जद्रान रहेका छन्।
प्रशिक्षक ज्ञानेन्द्र मल्ल
८ सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी ९कप्तान०, विनोद भण्डारी ९विकेटकिपर०, अविनाश बोहरा, दीपक बोहरा ९विकेटकिपर०, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत ९विकेटकिपर०, नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा ९विकेटकिपर० रहेका छन्।
प्रशिक्षक स् जगत टमाटा
खेल तालिका
आठ टोलीबीच हुने प्रतियोगिताको समूह चरणमा २८ खेल हुनेछन्। तीन वटा प्लेअफ र एक फाइनल गरी कुल ३२ खेल हुनेछन्।
दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल ३स्३० तथा ४ बजे सुरू हुनेछन्। जसका कारण अधिकांश दोस्रो खेल फ्लडलाइटमा हुनेछन्। प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुनेछ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा गर्ने तालिका सार्वजनिक भएको छ। एकमात्र खेल हुने दिन फ्लडलाइटमै खेल हुनेछ। सेतोपाटी



