धनगढी । विजयादशमी नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा चहलपहल कम हुन थालेको छ । काम र अध्ययनका लागि धनगढीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन आ-आफ्नो गाउँ फर्किएसँगै सधैँ व्यस्त रहने धनगढी बजार सुनसान बन्दै गएको हो ।
धनगढीका मुख्य बजार क्षेत्रमा अहिले मानिसहरूको उपस्थिति पातलिएको छ । यद्यपि, पसलहरूमा किनमेल गर्नेहरूको केही भिडभाड कायमै रहे पनि त्यो अब बिस्तारै घट्दै गएको व्यापारीहरू बताउँछन् । पसलहरू खुलेका छन्। दसैँको बेला आफन्तसँग बसेर रमाइलो गर्ने परम्पराका कारण धनगढीमा बसोबास गर्ने अधिकांश मानिसहरू गाउँ फर्किने गर्दछन् ।यसले गर्दा बजारको रौनक घट्दै गएको हो ।


