धनगढी: धनगढीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा सोमबार जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले कार्यालय परिसरमा ढुंगामुढा गर्दै केही कागजात र सामग्रीमा आगजनी गरेका छन्। आगलागीका कारण कार्यालयभित्र रहेका कागजात, फर्निचर र सम्पत्ति नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि प्रहरी परिचालन गरिएको थियो। हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। जेनजी आन्दोलनका सहभागीहरूले सरकारी ढिलासुस्ती, बेरोजगारी र असमानताको विरुद्ध दबाब सिर्जना गर्न आन्दोलनलाई तीव्र बनाउँदै आएका छन्। सोमबारको प्रदर्शन सोही शृंखलाको एक भाग भएको जनाइएको छ।
घटनाबारे विस्तृत विवरण संकलन भईरहेको र क्षतिको आधिकारिक तथ्यांक सम्बन्धित निकायले सार्वजनिक गर्ने बताइएको छ।

