धनगढी । धनगढीमा ग्रील उद्योगभित्र एक जना कामदार मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–५ को पूरानो एयरपोर्ट नजिकै रहेको बिरजया ग्रिल स्टील एण्ड आलमोनिय उद्योगभित्र २३ वर्षीय सुनिल भुल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सुनार शुक्रबार बिहान उद्योगभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । बैतडीबाट उनको आफन्त आइरहेकाले अहिले घटनास्थल सिल गरेर राखिएको सिंहले बताए ।


