बैतडी — चितुवाको छालासहित बैतडीका एक जना दार्चुलाबाट पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–७ का ५० वर्षीय भानसिंह ऐरलाई चितुवाको छालासहित शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा मंगलबार दिउँसो पौनै २ बजे ऐरलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । अहिले बाटोमै भएकाले घटनाको विषयमा धेरै जानकारी नआएको उनले बताए ।
जिल्ला पुगेपछि थप अनुसन्धान गरिने दार्चुला प्रहरीले जनाएको छ ।


