धनगढी । सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा धनगढीको फाप्लामा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय यु १९ महिला टि २० क्रिकेट प्रतियोगीताको उपाधि डडेल्धुराले जितेको छ । फाइनलमा कञ्चनपुरलाई ५ रनले पराजित गर्दै नगद २ लाख सहित डडेल्धुराले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता बनेको कञ्चनपुरले एक लाखमा चित्त बुझाउनुपर्यो । कैलाली र बैतडीले तेश्रो र चौथो हुँदै नगद पचास पचास हजार प्राप्त गरे । डडेल्धुराले दिएको ८९ रनको लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरले निर्धारित २० ओभरमा अलआउट हुँदै ८३ रन मात्रै बनाउन सक्यो ।
कञ्चनपुरका लागि अर्चना चन्दले सर्वाधिक २४ तथा दिपा बडुले १३ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । डडेल्धुराले २९ रन कञ्चनपुरको खातामा थपिदिएको थियो । डडेल्धुराका लागि मनिसा खत्री र हिरा साउँदले समान दुई दुई तथा आशीका,निशा र मञ्जुले समान एक एक विकेट हात पारे ।
त्यसअटि टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले १६।५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन जोडेको थियो । उस्का लागि हिरा साउँदले अविजित २४ रन बनाएपनि अन्य ब्याटरले खास प्रर्दशन गर्न सकेनन ।कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । कञ्चनपुरका लागि कप्तान सावित्री धामी र पुनम जोशी समान तीन तीन तथा अर्चना चन्दले दुई र गंगा खड्काले एक विकेट हात पारिन । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का लगायत अतिथिहरुले पुरस्कार वितरण गरे ।
विधागत पुरस्कार माथि कञ्चनपुरको दबदबा
सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा धनगढीको फाप्लामा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय यु१९ महिला टि२० क्रिकेट प्रतियोगीतामा कञ्चनपुर उपविजेता बन्यो । उपाधि दाबेदारको रुपमा हेरिएको कञ्चनपुरले फाइनलमा फितलो प्रर्दशन गर्दे उपाधि जित्न नसकेपनि विधागत पुरस्कार माथि भने कब्जा जमाएको छ ।
कञ्चनपुरकी गंगा खड्का उत्कृष्ट बलर घोषित हुँदै नगद १५ हजार जित्न सफल भइन भने लिग चरण र सेमिफाइनल गरी ४ खेलमा उत्कृष्ट प्रर्दशन गर्दै चारओटै खेलमा म्यान अफ दी म्याच चुनिएकी कञ्चनपुरकी कप्तान साबित्री धामी उत्कृष्ट ब्याटर र प्रतियोगीताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३५ हजार जित्न सफल भइन ।
प्रतियोगीतामा उदयमान खेलाडीको अवार्ड कैलालीकी इरांशाा चौधरीले जितिन । धनगढीको नेपाल प्रहरी स्कुलमा कक्षा ७ मा अध्ययनरत चौधरीले प्रतियोगीता अवधिभर ८ विकेट लिएर टिमलाई सेमिफाइनसम्म पुर्याएको थिइन । ईराशांले नगद १० हजार प्राप्त गरिन ।
सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रबिको अध्यक्षतामा सम्पन्न फाइनल समारोहमा प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिइन । राज्यमन्त्री खड्काले आफूले प्रयास गर्दागर्दै पनि खेलकुदमा पर्याप्त बजेट छुट्याउन नपाउँदा दुख लागिरहेको बताइन । उनले अझैपनि बिग्री नसकेको भन्दै खेलसँग सम्बध राख्ने सबै युवाले थप बजेटका लागि सरकारलाई दवाब दिनुपर्ने र त्यसका लागि आफू पहल गर्न तयार रहेको बताएकी छन ।
धगगढी उपमहानगरपालिका वडा न ३ का वडाध्यक्ष राज बहादुर ऐरले फाप्लालाई सपनाकै रुपमा राख्ने हो भने सुदूरपश्चिम प्रदेशको क्रिकेट अगाडी नबढ्ने बताएका छन । उनले हजारौं युवा संलग्न रहेको खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन ।
सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रबिले सुदूरपश्चिमको समग्र खेलकुद विकासका लागि प्रदेश सरकारले आश्वासन मात्रै नदिएर बजेटको पनि व्यवस्था गर्नुपर्ने बताएका छन । उनले आफूले बुद्धि,विवेक र क्षमताले भ्यायसम्म खेल र खेलाडीको हितमा काम गर्नेपनि बताएका छन । समापन समारोहमा युवा परिषदका नवनियुक्त कार्यकारी उपाध्यक्ष राजेन्द्र साउँद, धगगढी उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष बुद्धि बहादुर खड्का,सामाजिक विकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मी,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य बिक्रम विष्ट,धिरेन्द्र साउँद र बिरेन्द्र चन्दको उपस्थिति रहेको थियो ।
त्यस्तै डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकास शाही,त्यस्तै खो खो का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण बहादुर बोहरा,नेपाली काँग्रेस कैलाली क्षेत्र न ५ का सभापति भिम पडाल लगायत खेलकुदका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा सम्पन्न उक्त प्रतियोगीतामा प्रदेशका आठ टोली सहभागी थिए ।