धनगढी । पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेकपा ९एमाले० का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले प्रतिपक्षीलाई सदनमा बाँदरको संज्ञा दिएपछि उनको त्यस अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले रावलको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको हो । प्रदेशसभामा बुधबार सरकारको बजेटमाथिको छलफलमा बोल्नुहुँदै रावलले प्रतिपक्षीलाई बाँदरको संज्ञा दिनुभएको थियो । प्रतिपक्षीले घरमा आगो लगाउने कार्य गरिरहेको भन्दै उनले “बाँदरले आफ्नो घर पनि बनाउँदैन । अर्काको घर पनि बन्न दिँदैन । हिजो सरकार चलाउँदा त्यो प्रवृत्ति देखेकै हौं । हिजो दुई दुई सरकार चलाउँदा त्यो प्रवृत्ति हामीले भोगेरै आएका छौं । त्यो प्रवृत्ति आज पनि छ ।”
रावलले प्रतिपक्षीलाई उक्साहट र हिनताबोधको कुरा नगर्न आग्र गर्दै थप्नुभयो, “हिनताबोधको कुरा नगर्नुस् । सरकार चलाउनलाई जनताको बिचमा जानुस । प्रतिस्पर्धा गर्नुस् । पहल कदमी लिनुस् । जिते हस्तिनापुरीमा राज गर्नु होला । हारे चुपरीमुनिको बास बस्नू पर्ला । अहिले चपरीमुनि बास बस्ने म्यान्डेट प्राप्त भएकाले चपरीमुनि नै बास बस्नुस् ।”
पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्तिप्रति माओवादीका मानबहादुर धामीले आपत्ति जनाउनु भएको थियो । उनले रावलको अभिव्यक्ति प्रदेश सभा नियमावलीविपरित रहेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । उनको अभिव्यक्ति संसदीय मर्यादा र मानवीय स्वभावभित्र पर्दैन । सभामुख महोदय, यसलाई तुरुन्त संसदको रेकर्डबाट हटाइयोस्”, धामीले भने ।
रावलको अभिव्यक्तिमाथि छानविन गरेर माग अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने सभामुख भीमबहादुर भण्डारीले बताए ।


