धनगढी । कैलाली जिल्ला खेलकुद समितिले एक कार्यक्रमबिच नेपाल पत्रकार महासघं कैलालीका उपाध्यक्ष तथा खेलकुद पत्रकार मन्च कैलालीका सचीव बिराज रोश्यारा सहित तिन जना संचारकर्मि लाई सम्मान गरेको छ । कैलाली जिल्लाको खेलकुद बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उपाध्यक्ष रोश्यारा सहित खेलकुद पत्रकार मंच कैलालीका उपाध्यक्ष दिनेश बिस्ट र कल २४ का क्यामरा पर्सन दिपक भट्ट लाई सम्मान गरिएको हो ।
उक्त सम्मानपत्र कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री र कार्यालय प्रमुख आश्रम केसीले सयुक्त रुपमा प्रदान गरेका हुन् । सोहि अवशरमा खेलकुद समितिले १५ रास्ट्रपति रनिङ सिल्डमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरु लाई नगद सहित सम्मान गरेको थियो ।
साथै कार्यक्रम कैलाली जिल्ला खेलकुद समितिमा चार कार्यरत भएका अध्यक्ष ललित खत्रीको बिदाइ गरिएको छ ।