धनगढी । पछिल्लो दिनमा पुन इरानसँग तनाव बढेपछि अमेरिकाले बगदादस्थित अमेरिकी दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीहरू र तिनीहरूको परिवारलाई इराकबाट फिर्ता बोलाउने प्रकृया सुरु गरेको छ। सुरक्षा स्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक सबैलाई अन्यत्र लगिने बीबीसीले जनाएको छ।
यद्यपि कुन कारणले यस्तो निर्णय गरिएको हो भन्ने स्पष्ट नभए पनि, बीबीसीका अनुसार अमेरिकालाई इजरायली अधिकारीहरुले इरानमा सैन्य कारबाही सुरु गर्न तयार रहेको जानकारी दिएका छन्। जसका कारण इरानले अमेरिकाका क्षेत्रीय इलाकाहरुमा आक्रमण गर्ने चेतावनी दिएको थियो।
स्रोतहरूलाइ उदृत गर्दै बीबीसिले सम्भावित तनावका कारण अमेरिकाले केही नागरिकहरूलाई क्षेत्र छोड्न सल्लाह दिएको हो। साथै अमेरिका इराकमा रहेका आफ्ना केही ठाँउहरूमा इरानबाट प्रतिकारात्मक कारबाही हुन सक्ने आशंका व्यक्त गरेको छ।
यो घटनाक्रम त्यस्तो बेला आएको छ जब इरानको आणविक कार्यक्रमबारे भइरहेका वार्ताहरू पछिल्लो समय निष्कर्षविहीन र ठप्प जस्तै देखिएका अवस्था छ। अमेरिकी मध्यपूर्व विशेषदूत स्टीभ विटकोफ आइतवार हुने छैटौं चरणको वार्ताका लागि अझै पनि इरानी अधिकारीहरूसँग भेट गर्ने योजनामा रहेको बताएका छन्।
एक्सियसका अनुसार विटकोफले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग मस्कटमा भेट गर्ने तायरी गरिएको छ। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले दूतावासहरूमा रहेका कर्मचारीहरूको उपयुक्त व्यवस्थाबारे निरन्तर मूल्यांकन गरिरहेको बताएका छन्।
हाम्रो पछिल्लो विश्लेषणका आधारमा, हामीले इराकमा रहेको हाम्रो मिशनको उपस्थिति घटाउने निर्णय गरेका छौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार केनेडी सेन्टरमा आयोजित एक कार्यक्रममा इरानबारे भनेका थिए।
राष्ट्रपति ट्रम्प तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने सम्झौतामा पुग्ने आशामा थिए। तर बुधबार उनले भने, इरानले युरेनियम प्रशोधन रोक्नेमा विश्वस्त नदेखिएको बताए। यसै साता ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग करिब ४० मिनेट लामो वार्ता गरेका थिए। उक्त वार्तामा उनले ट्रम्पसँग सैन्य कारवाहीमै जोड दिएका थिए।
तर इरानका रक्षा मन्त्री अज़ीज नासिरजादेहले वार्ता असफल भएमा र राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य कारबाहीको आदेश दिएमा आफ्नो देशले अमेरिकी सैन्य अड्डाहरूमाथि जवाफी कारबाही गर्ने चेतावनी दिए।
रोयटर्सका अनुसार अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मध्यपूर्वका विभिन्न देशहरू जस्तै कुवेत र बहराइनमा रहेका अमेरिकी सैनिक परिवारहरूलाई स्वेच्छाले क्षेत्र छोड्न स्वीकृति दिएको जनाइएको छ। बुधबार अमेरिकी संसदको एक समितिसामु प्रस्तुत हुँदै पेन्टागनले इरान परमाणु हतियार विकास गरीरहेको प्रमाणहरु देखिएको दावि गरेको थियो।
इरानले भने आफ्नो युरेनियम प्रशोधन कार्यक्रम शान्तिपूर्ण उद्देश्य विशेष गरी उर्जा उत्पादनका लागि मात्र भएको र उसले आणविक बम बनाउन नखोजेको बताए। बुधबारनै बेलायती नौसेनाअन्तर्गतको युके म्यारिटाइम ट्रेड अपरेसन्सले चेतावनी जारी गर्दै मध्यपूर्वमा बढ्दो सैन्य तनावले समुद्री व्यापार र यातायातमा असर पार्न सक्ने बताएको छ।
अमेरिकी दूतावास खाली गरिने समाचार सार्वजनिक भएपछि तेलको मूल्य एकैचोटि ४ प्रतिशतभन्दा बढीले बढेको थियो। सम्भावित जोखिमका कारण क्षेत्रीय अस्थिरता उत्पन्न हुने र त्यसले आपूर्ति ऋंखला अवरुद्ध पार्ने डरले तेलको भाउ बढेको हो। अमेरिकी रक्षा मन्त्रालयका अनुसार, करिब २,५०० अमेरिकी सैनिकहरू हाल इराकमा तैनाथ छन्।


