धनगढी । लामो समयको सुक्खापछि आज धनगढीमा बर्षा भएपछि केहि राहत भएको छ । विहिबार बिहानबाट मौसममा परिवर्तन देखिएको छ । प्रत्येक दिन बिहान चर्को घाम लाग्ने गरेको थियो । विहिबार बिहान टम्म बादलसँगै हलुका वर्षा भएपछि सर्वसाधरणले राहत महशुस गरेका छन् । लामो समय पानी नपरेपछि गर्मीले जनजीवन प्रभावित बनेको थियो ।
केहि दिन यता धनगढीको तापमान ४१ डिग्री पुग्दा सर्वसाधरण दिउँसोमा बाहिर निस्कन समेत कठि थियो । अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ । लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान पनि आजको वर्षा भएपछि हर्षित भएका छन्। लामो समयको खडेरी पछि एक्कासी परेको पानीका कारण जिल्लाका केहि ठाउँमा रोपाई शुरु हुने छ ।
‘