काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।
निगमको नयाँ मूल्य सूचीअनुसार काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा पर्नेछ। यस्तै, सुर्खेत र दाङमा एक लिटरको १५६ रुपैयाँ पर्नेछ।
यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५७ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमको भनाइ छ।
यस्तै, डिजेल/मट्टितेलको मूल्य काठमाडौँ, दिपायल र पोखरामा १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने सुर्खेत र दाङ क्षेत्रमा १४१ रुपैयाँ छ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १४२ रुपैयाँ मूल्य कायम निगमले जानकारी दिएको छ ।