धनगढी । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स ९आईएसपीआर० का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन्।
पाकिस्तानी अखबार डनका अनुसार बुधबार बिहान पत्रकार सम्मेलनमा भारतले छ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका हुन्। उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको जानकारी दिए। चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

TOPSHOT – A flare goes up in air over the hill near main town of Poonch district, on May 7, 2025. India said on May 7 it carried out “precision strikes at terrorist camps” inside Pakistan and Pakistani-controlled Kashmir, days after it blamed Islamabad for a deadly attack on the Indian side of the contested region. (Photo by Punit PARANJPE / AFP)
यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो। सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको थियो। तर पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ। एजेन्सी