धनगढी: भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुस्कर सिहं धामी सगं भेटघाट गरेका छन् । उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन स्थित मुख्यमन्त्री कार्यालयमा आज मुख्यमन्त्री धामी र शाह बिच भेटवार्ता भएको हो । भेटवार्ता पछि उत्तराखण्डका मुख्यमन्त्री धामीले भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह सहितको टोलीलाई धन्यवाद दिएका छन् ।
भेटघाटमा मुख्यमन्त्री शाहले सुदुरपश्चिम र उत्तराखण्ड प्रदेश बिच धार्मिक एवं सास्ंकृतीक सम्बन्ध रहेको बताए । उत्तराखण्ड र सुदुरपश्चिम प्रदेश देवभुमीका रुपले चिनिने उनको भनाई थियो । भेटघाटमा मुख्यमन्त्री शाहले नेपाल र भारतको सम्बन्ध बारे समेत चर्चा गरे ।

भारत र नेपालका नागरिक बिच धार्मिक, सामाजिक तथा सास्ंकृतिक दुष्टीकोणबाट गहिरो सम्बन्ध रहेको उत्तराखण्डका मुख्यमन्त्री धामीले बताए । दुई देशका परम्परा, रिति रिवाज, भाषा, खानपान र जिवनशैलीमा धेरै समानता रहेको उनको भनाई छ । बषौँ देखी रहेको आपसी सम्बन्ध र बिश्वासलाई थप मजबुत गर्नुपर्ने धामीको भनाई थियो । भारत र नेपालको सम्बन्ध केवल राजनितिक र भौगोलिक मात्र नभई भावनात्मक र सास्ंकृतिक गहिराइबाट समेत जोडिएको धामीले बताए ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छन् ।


