धनगढी: कैलालीको गोदावरी नगरपालिकाबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार नगरपालिकाको वडा नं.१ का ४८ वर्षिय गंगाराम चौधरी र वडा नं. २ का १९ वर्षिय रियाज मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीले चेक अनादर मुद्धामा दोषी ठहर गरी रु. १ हजार रुपैया जरिवाना तोकेको थियो भने मगरलाई लागु औषध मुद्धामा १ महिना १५ दिन कैद सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गर्दा पनि फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको बताईएको छ ।
यसैबिच चेक अनादर मुद्धामा दोषी ठहर भई फरार रहेकी धनगढी उपमहानगरपालिका – १ की ४८ वर्षिया सरस्वती खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


