धनगढी: काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ । त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो ।
उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन । उनी १७ वर्षका मात्रै रहेका खुलेको छ । जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए । श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन । एयरहोस्टेजले पटप–पटक सिटबेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काईरहे ।
त्यसपछिको उनले सीटको हातराख्ने ठाउँमा खुुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे । उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे । ‘तीनरचार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराईन । त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’ स्टेशन म्यानेजर शाहीले भने ।
उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे । ‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन’ शाहीले भने । ‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’
श्रीययरलाईन्सको उडान नं.२२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाई रहेका थिए । काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ ।