कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख मुल्य बराबरका टर्चलाईट, तराजु, पंखा र मोटरसाइकल लगायतका भन्सार छलीको सामान फेला पारी थप कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।