धनगढी ः नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको ४५ औँ स्थापना दिवशको अवशरमा आयोजित त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको छ । असार ७ गतेदेखी आयोजित बसपार्क आधारित त्रिदिवसीय ९ गते सम्पन्न भएका हुन् । कार्यक्रमको सुभारम्भमा पहिलो दिन धनगढी बसपार्कमै नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम प्रदेशले स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको थियो । धनगढी स्थित नवजिवन अस्पतालको सहकार्यमा मजदुरहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको सगंठनले त्रिदिवसीय कार्यक्रम अनुसार ८ गते शनिबार धनगढी नेत्रालयको सहकार्यमा बसपार्कमै निशुल्क आँखा शिविर राखेको थियो ।
त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन आज धनगढी बसपार्कमै दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सडक दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम सगैं रक्तदान कार्यक्रमको प्रमुख अतिथि एमाले ससंदिय दलका नेता राजेन्द्र रावल थिए । कार्यक्रमलाई सम्बोधन गर्दै रावलले श्रमिकलेनै यो देश निर्माण शुरु गरेको बताए । श्रमजिबि बर्गकै कारण देशको अस्तित्व रहेको बताउँदै रावलले सुकिला कपडा लाउनेका कारण मजदुर बर्ग पछाडी परेको बताए । सवारी चालकहरुको शुरक्षाको सट्टा सानो सवारी साधनको गल्ती समेत ठुला सवारी चालकका ठाउकोमा थुपार्ने कानुन परिमार्जन आवश्यक रहेको उनले बताए । यसका साथै नेपालको सडक संरचनाको समेत सुधार आवश्यक रहेको रावलले बताए ।
२०३६ साल असार ९ गते मजदुर नेताहरुले स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलाई अहिले देशकै ठुलो मजदुर सगंठनका रुपमा हेरिने गरिएको छ । मजदुरका समस्यानै समस्याका बावजुतपनि ४५ औँ स्थापना दिवश सम्म पुगेको नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए । मजदुरका समस्या सम्बोधन सगैं सामाजिक कार्य अनुरुप रक्तदान तथा केही सहयोग समेत सगंठनले गरेको उनले बताए । उनले नीतिगत समस्याका कारण सवारी धनी र चालकले समस्या भोग्नु परिरहेको स्मरण गराउँदै निति परिमार्जन आवश्यक रहेको बताए ।
कार्यक्रममा जिफन्ट सहकारी बिभागका केन्द्रिय संयोजक देव बहादुर बम, जिफन्ट सुदुरपश्चिम अध्यक्ष जित बहादुर मल्ल, सुदुरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटा लगायतको सहभागिता थियो । आजै सोही दिन साझँ धनगढी बसपार्क सरसफाई, टयाकंर पार्किङ क्षेत्र मिलनचोकको सरसफाई सगैं तथा दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिएको छ ।