धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट ५ सय १० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की पक्राउ परेका हुन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको बताएको छ।
उता टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ का १८ वर्षीय एक किशोर पनि लागूऔषधसहित पक्राउ परेका छन्। ५ सय ४० मिलिग्राम लागुऔषधसहित शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।


