अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ युवा युवती पक्राउ परेका छन । बिहिबार साँझ गोदावरी नगरपालिका – २ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक सहित २ पुरुष र महिला १ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।