धनगढी : धनगढीको ड्रिमलिंक एजुकेसन नेटवर्कले शैक्षिक मेला आयोजना गर्ने भएको छ । काठमाडौंमा मूख्य कार्यालय रहेको ड्रिमलिंकको धनगढी शाखाले मेलाको आयोजना गर्न लागेको हो । मेलामा अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयका प्रतिनिधि एवम् परामर्शदाताले अन्तराष्ट्रिय शिक्षा सम्बन्धी परामर्श र सुझाव प्रदान गर्ने आयोजकले जनाएको छ ।
विद्यार्थीलाई मेलामा वैदेशिक शिक्षा र छात्रवृत्ति लगायतका विषयमा जानकारी दिने र विभिन्न भाषा कक्षामा पूर्ण छुट र नयाँ भर्ना हुनेलाई विशेष एवम् आंशिक छुट प्रदान गरीने जनाईएको छ । मेला जेठ १३ गते आइतबारका दिन धनगढी रातोपुल स्थित ड्रिमलिंक एजुकेसन नेटवर्कको कार्यालयमा आयोजना गरिनेछ ।