धनगढी : जुवा मुद्धामा फरार रहेका कैलालीका ३ जना पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको २०७५।०२।३१ गतेको फैसला अनुसार फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट जुवा मुद्धामा जनहि रु २०० जरिवाना भई फरार रहेका तिन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीको टिकापुर नगरपालिका १ बस्ने ५० बर्षिय बलराम चौधरी, सोही ठाउँका ४५ बर्षिय भरत थापा र ४८ बर्षिय विरभान बि.क लाई बिहीबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले उनिहरुकै घरबाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमले जनाएको छ ।
यस्र्तै फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०५।०९ गते भएको फैसलाले लागु औषध मुद्दामा ५ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका भिमदत्त न.पा.१८ बस्ने बर्ष २३ को रमेश दमाईलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै ठेगाना बाट पक्राउ गरि जिल्ला अदालत समक्ष पेश गरिएको छ ।