धनगढी : केन्द्रमा नयाँ गठबन्धन बनेपनि सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता टिकाउने रणनिति बनाएका छन् । ७ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनितिमा मुख्यमन्त्री शाह छन् । स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुगाउने कोसिसमा रहेका मुख्यमन्त्री शाहले सके राप्रपाकी सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए उनको समर्थन लिएर सत्ता टिकाउने रणनिति बनाएका हुन् ।
केन्द्रमा काग्रेंस नेतृत्वको गठबन्धन भत्किएर एमाले र रास्वपा सहितको सरकार बनेसंगै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका ३ र एकिकृत समाजवादीका १ मन्त्रीलाई बर्खास्त गरे । उनिहरुको बर्खास्ती संगै शाहले नागरिक उन्मुक्तीका नयाँ एक राज्यमन्त्री सहित ३ मन्त्री थपे । सरकारमा जाने र प्रतिपक्षमा बस्ने बिषयकै कारण उन्मुक्तीमा देखिएको बिवादपनि मन्त्री पद दिएपछि साम्य हुने देखियो । सोही कारण मन्त्री थपेका मुख्यमन्त्री शाह फेरी नागरिक उन्मुक्ती र स्वतन्त्र सांसदलाई मन्त्रीमा नियुक्त गर्दै छन् । फागुन २४ गते नागरिक उन्मुक्तीका तर्फबाट घनश्याम चौधरी आर्थिक मामिला, इन्दिरा गिरि कृषी राज्य र खुशिराम चौधरी बिना बिभागिय मन्त्री नियुक्त भएका थिए भने, रामेश्वर चौधरी यस अघीनै मन्त्री थिए । अब मुख्यमन्त्री शाहले उन्मुक्तीकै लक्ष्मण किसोर चौधरी र स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् । प्रदेशमा दुई मन्त्रालय फुटाएर भएपनि सरकार टिकाउने तयारीमा मुख्यमन्त्री शाह छन् । राष्ट्रिय प्रजातन्त्र पाटीकी प्रदेशसभा सदस्य खेमा बिष्टलाई समेत शाहले मन्त्रीको अफर गरेका छन् । उनि सहित ल्याउँदा मुख्यमन्त्री शाहले बहुमत प्राप्त गर्ने छन् । यसमा शाह ढुक्क छन् ।
केन्द्रको सरकारलाई समर्थन गर्ने देखी प्रदेश सरकारको सहभागीको बिषयले नागरिक उन्मुक्ती पार्टीमा बिवाद देखिएको थियो । पाटी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुुगेको थियो । प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन समेत रञ्जिताले निर्देशन दिएकी थिइन् । तर हाल सबै बिवाद मिलिसकेको पार्टीले जनाएको छ । अब केन्द्रमा बिपक्षी र प्रदेशको सत्तामा पार्टी रहने उपाध्यक्ष लक्ष्मण किसोर चौधरी बताउँछन् । अध्यक्ष र संरक्षक बिच पार्टीमा बिवाद छैन चौधरीले भने “उहाँहरुको घरमा होला भएपनि पार्टीको निर्णय केन्द्रमा बिपक्षी र सुदुरपश्चिम सरकारमा जाने भन्ने नै हो ।”
प्रदेशसभामा नेपाली काग्रेंसका १८, एमालेका १०, माओवादीका ११, उन्मुक्तीका ७, एकिकृत समाजवादीका ४, एक स्वतन्त्र र एक राप्रपाका सांसद छन् । बहुमतका लागी आवश्यक पर्ने २७ सांसदको संख्या पु¥याउन मन्त्री पद बाँड्ने र मन्त्रालय फुटाउने सम्मको तयारी भइरहेको हो । यसलाई बिश्लेसक भने ब्यक्तीगत स्वार्थका रुपमा लिन्छन् । कैलाली बहुमुखी क्याम्पसका पुर्व प्रमुख सुरेन्द्र चन्दले यसरी ब्यक्तिगत स्वास्थ्य पार्टी चल्नु देश र जनताका लागी घात हुने बताउँछन् । सुदुरपश्चिम प्रदेशसभामा सभामुख सहित ११ जना माओवादी, १० एमाले र ४ एकिकृत समाजवादीका सांसद छन् । केन्द्रमा बदलिएको गठबन्धनकै सरकार बनाउन सुदुरपश्चिममा स्वतन्त्र सांसद र राप्रपा निर्णयक थियो । सो दुई जना सांसदले काग्रेंस नेतृत्वलाई सघाउँदा नयाँ गठबन्धन बनाउन सकस देखिएको हो ।


