धनगढी : ४ दिनदेखी सहमती हुन नसकेको एमाले सुदूरपश्चिमको नेतृत्वमा अन्तत सहमती भएको छ । एमाले पुर्व उपाध्यक्ष भिम रावल पक्षधरले सहमती नदिदा अध्यक्ष तथा सचिवमा रोकिएको सर्बसहमती उप सचिव पाएपछि सहमती भएको हो । भिम रावल समुहका पार्टी केन्द्रिय सदस्य झपट रावलले उप सचिवका लागी अडान राखेपछि सहमती हुन सकेको थिएन । रावलको माग सम्बोधन गरी उनको टिमबाट नर बहादुर बिश्वकर्मालाई नेतृत्वले उप सचिव बनाउने सहमती जनाएपछि पदाधिकारीमा सहमती जुटेको हो ।
एमाले सुदूरपश्चिम अध्यक्षका चार जना दावेदार मध्ये बचन बहादुर सिहं र कमल तिमिल्सेनाले हिजै उमेदवारी फिर्ता लिएका थिए भने, भिम रावल समुहका भरत साउँदले आज मात्रै उमेदवारी फिर्ता लिएका हुन् । उनको उमेदवारी फिर्ता लिएसंगै अध्यक्षमा कृष्ण प्रसाद जैशी सर्वसम्मत भएका हुन् । पार्टी उपाध्यक्षमा बाजुराका काली बहादुर शाही हिजै सर्बसम्मत भएका थिए भने, सचिवमा कैलालीका रण बहादूर चन्द उप सचिवमा कञ्चनपुरका नर बहादुर बिश्वकर्मा र कैलालीकी भागरथी बिष्ट सर्बसम्मत भएका छन् । सदस्यहरुमा भने सहमती हुन सकेको छैन । पार्टी श्रोतका अनुसार सदस्यहरुको हकमा मतदान हुने सम्भावना देखिएको छ ।


