कैलाली। कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट लाखौँ मुल्यका अबैध सामान बरामद गरिएका छन् । प्रहरीले कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट लाखौँ मुल्य बराबरका अबैध सामान बरामद गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट पनि अबैध सामान प्रहरीले बरामद गरेको छ। करिब ४४ हजार ४७० मुल्य बराबरका चिनी, लेडिज सुट, नमकिन, साबुन, नरिवल लगायतका सामान आइतबार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको हो। त्यस्तै कैलारी गाउँपालिका–३ निमुवाबोझीघाटबाट पनि करिब ७ हजार ५ सय मुल्य बराबरका बोइलर कुखुरा आईतबार दिउँसो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छलेर ल्याएका करिब तीन लाख १७ हजार ७ सय मुल्य बराबरका जुता, लेडिज सुट, साडी, मोबायलको कभर लगायतका सामान प्रहरीले बरामद गरेको हो। त्यस्तै गड्डाचौकी ब्यारेलबाट करिब १५ हजार मुल्य बराबरका पटाका र बेलौरी नगरपालिका–६ भन्सार रोडबाट करिब ४२ हजार ६ सय मुल्य बराबरका सुर्ती, सुजी, प्लाष्टिक, सोयाबिन लगायत गरेर प्रहरीले तीन लाख ७५ हजार ३ सय मुल्य बराबरका सामानहरु आइतबार बरामद गरेको छ। प्रहरी गस्ती टोलीले ती सबै सामान बेवारिसे अबस्थामा फेला पारेको हो। बरामद गरिएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।


