धनगढी। कैलालीको धनगढीबाट अटो रिक्सासहित ८ लाख बढीका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट ८ लाख बढीका अबैध सामान बरामद गरेको जनाएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-६ जाँईबाट ८ लाख दुई हजार २१० मुल्य बराबरका कपडासहित से १ ह २१८६ नम्बरको अटो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट पनि करिब १७ हजार मुल्य बराबरका चिनी र श्रृंगारका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका-५ राष्ट्र बैंक नजिकबाट समेत प्रहरीले करिब ३८ हजार ५ सय मुल्य बराबरका लेडिज सुट बरामद गरेको छ। बरामद गरिएको अटो रिक्सासहित अवैध सामान प्रहरीले नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।