धनगढी। कैलालीको धनगढीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालीका-४ स्थीत प्रदेश प्रमुख कार्यालय अगाडी टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय अनिल कुवँर घाइते भएका छन्।घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।


