कैलाली। कैलालीको गोदावरी नगरपालिका-९ सेहरीबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले सेहरीबाट धनगढी उपमहानगरपालिका – ११ वेलादेवीपुर का ३५ बर्षिय हरिद्वारी रानालाई पक्राउ गरेको हो।
सेहरी गाउँको कच्ची सडकमा हिडिरहेको अवस्थामा शंका लागि लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका रानामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


