धनगढी। धनगढीमा २ होटल मालिकसहित जोडी समातिएका छन्। कैलालीको धनगढीमा यौनधन्दा गराएको आरोपमा राजपुरस्थित कार्की होटल र पुरानो भन्सार रोडमा रहेको बागेश्वरी होटलबाट साहुसहित जोडी पक्राउ परेका हुन्।
कार्कीका साहु रनसिंह कार्की हुन् भने बागेश्वरीका साहु भुवन मल्ल हुन्। गोप्य सूचनाका आधारमा होटेलमा छापा हान्दा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


