धनगढी। कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो कैलालीको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक से २ प ९८८८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी चालक डडेल्धुराको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-५ का विजय जोशी घाइते भएका छन्। नविनको उपचारको क्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


