धनगढी। कैलालीको धनगढीमा चट्याङ पर्दा एक घरमा क्षति भएको छ । आइतबार दिउँसो सवा २ बजे परेको चट्याङबाट धनगढी उपमहानगरपालिका-२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ऐरको दुई तले ८ कोठे पक्की घरमा एक घरमा चट्याङ पर्दा घरको तल्लामा ठुलो प्वाल परेको र विद्युतको तार जलेर सर्ट हुँदा घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरी निरीक्षक रमेश बहादुर खड्काले बताए । बिद्युत मिटर बक्स जलेर सर्ट हुँदा दुई एसी, एक टिभी र सम्पुर्ण वाईरिङ्ग का सामाग्री जलेर नष्ट भएको छ उनले भने । चट्याङबाट घरमा आंशिक रुपमा क्षति पुगेको तर मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरी निरीक्षक लोकेन्द्र सिँह कार्कीले जानकारी दिएका छन्।


