कैलाली। कैलालीमा साइकलबाट लडेर नालामा खस्दा एक जनाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका ४ गिदिनियामा साइकलबाट लडेर एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
लम्कीचुहा नगरपालिका-४ कै ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खसेका थिए। साइकलबाट लडेर नालामा खस्दा गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


