धनगढी। धनगढीको मेन रोडमा रुख ढल्दा विद्युत र सडक अवरुद्व भएको छ। शनिवार बिहान धनगढीको मुख्यमन्त्री कार्यालय अगाडि रुख ढल्दा सडक र विद्युत अवरुद्व भएको हो।
धनगढी बिद्युत बितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले सडकबाट रुख हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, सडक निमार्णको क्रममा रुख ढलेको थियो, मन्त्रि परिषद कार्यालय अगाडी हसनपुर फिडरमा छोएको रुख कटाउने कार्य गरिदै छ, केही बेर लाइन ढिलो सुचारु हुन्छ।
यस्तै रुख ढल्दा उक्त सडक अवरुद्व भएको छ। सडक अवरुद्व भएपछि स्थानियले आवतजावत गर्न धनगढीको हसनपुर-उत्तरबेहडी-चटकपुर सडक प्रयोग गर्नुपरेको थियो । मुख्यमन्त्री कार्यालय अगाडि रुख ढल्दा सडक अबरुद्ध भएपछि धनगढी ४ उत्तरबेहडीको सडक प्रयोग गर्दा पैदलयात्रु, अटो रिक्सा,मोटरसाईकल,स्कुल बस एक्कासी जाममा परेका थिए । फराकिलो समेत रहेको उक्त सडक प्रयोग गर्दा झण्डै १ किलोमिटर लामोदुरीसम्म सडक जाम हुँदा आवतजावत गर्न यात्रुले निकै हैरानी बेहोर्नुपरेको थियो।


