धनगढी। कैलालीबाट अबैध भन्सार छलीको सामान बरामद गरिएको छ।कैलाली भजनी नगरपालिका वडा नम्बर १ जोडिपिपल स्थित भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका १५ केजी प्लाष्टिकको झोला, मोठो सुपारी (आन्टि) १२ प्याकेट, र पवन सुर्ती ३५ प्याकेट बरामद गरिएको हो।
आज दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो। करिब ११ हजार दुई सय मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।वेवारिसे अवस्थामा सामान बरामद गरि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको र उक्त बरामद गरेको सामान भन्सार बुझाईएको प्रहरीले जनाएको छ।


