धनगढी। नेकपा माओवादी केन्द्रको भातृ संगठन सहकारी केन्द्र,नेपाल कैलालीको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा कमल भुल चयन भएका छन् । कैलालीको सुख्खडमा आयोजित प्रथम जिल्ला भेलाबाट कमल भुलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारीसदस्य चयन गरिएको हो।
यस्तै सहकारी केन्द्र,नेपाल कैलालीको उपाध्यक्षमा ईन्द्रा बिक, सचिवमा सुन्दर धामी, सह- सचिवमा दुर्गा शाह, कोषाध्यक्षमा जय करण चापागाईं चयन भएका छन् । प्रदेश उपाध्यक्ष माया बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य एबम कैलाली जिल्ला ईन्चार्ज टेकेन्द्र भट्ट रहेका थिए ।
यस्तै अतिथिहरु जिल्ला संयोजक लाजुराम चौधरी(अङ्कित) सहकारी केन्द्रका केन्द्रिय उपाध्यक्ष उर्मिला चौधरी, पार्टी प्रदेश कमिटी सदस्य एबम सहकारी केन्द्र कैलाली जिल्ला फ्र्याक्सन ईन्चार्ज धर्म सिंह कुँवर लगायत अन्य अतिथिहरुको उपस्तिथि रहेको थिठयो । उक्त कार्यक्रमको संचालन सहकारी केन्द्रका प्रदेश सदस्य खडक भट्टले गरेका थिए । ४५ सदस्यीय नबनिर्वाचित पदाधिकारी एबम सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।


