धनगढी। धनगढी ५ स्थीत शिवनगरमा रहेको चैतन्य पाठशालाले तेक्वान्दो डोजाङको ५औ जूनियर ग्रेडिङ्ग परीक्षा सम्पन्न गरेको छ।
चैतन्य पाठशाला तेक्वान्दो डोजाङले शुक्रबार प्राङ्गणमा आयोजना गरिएको ५औँ जूनियर ग्रेडिङ्ग परीक्षा कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रममा सुदूरपश्चिम तेक्वान्दो संघका बरिष्ठ प्रशिक्षक शेर बहादुर सिंहको उपस्थिति रहेको थियो।
प्रशिक्षक शेर बहादुर सिंह र विद्यालयका सहायक प्र.अ.कटक बहादुर सिंहले ४३ जना विभिन्न कलर बेल्टमा उत्तीर्ण हुन सफल खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।विद्यालयका प्रधानाध्यापक अशोक राज खाती उपस्थित कार्यक्रममा डोजाङ प्रमुख भुवन सार्कीले उतिर्ण सबैलाई वधाई ज्ञापन गर्दै आगामी सफलताको कामना गरेका थिए।


