धनगढी : धनगढीमामनोरोग बिषेशज्ञ चिकित्सकको परामर्श सहित लागु पदार्थ सम्बन्धी सचेतनात्मक कार्यक्रम हुन लागेको छ । धनगढी स्थित मालिकार्जुन दार्चुला सेवा समितिको आयोजनामा भोली शनिबार मनोरोग बिषेशज्ञ चिकित्सकको परामर्श सहित लागु पदार्थ सम्बन्धी सचेतनात्मक कार्यक्रम हुन लागेको हो । समितिको तारानगर स्थित आफ्नै भवनमा बिहान ८ बजेदेखी सो कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।
लागु औषधको बिगबिगी बढिरहेका बेला लागु औषध दुब्र्यसन न्युनिकरण गर्ने उद्देश्यले लागु पदार्थ सम्बन्धी सचेतनात्मक कार्यक्रम गर्न लागेको उनले बताए । अध्यक्ष पन्तका अनुसार बढी भन्दा बढी मान्छेहरुको उपस्थितीमा निशर्ग अस्पतालका मनोरोग बिषेशज्ञ डा.प्रभात सापकोठा र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी अधिकारीबाट सचेतनात्मक कक्षा रहने छन् । यसबाट पक्कै लागु पदार्थको दुब्र्यसन रोक्न मद्दत पुग्ने उनको बिश्वास छ ।


