धनगढी। धनगढीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी ९चन्दु० आफ्नै घरमा मृत फेला परेका हुन्।
गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ। उनको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।


