कञ्चनपुर। कञ्चनपुरमा भन्सारछलिका सामान र कारसहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट भन्सार छलिका मोबाईलका कभर, मोबाईल चार्जर, विभिन्न स्टेशनरीका सामान र सामान बोकेको कारसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
करिब ९ लाख ४० हजार मुल्य बराबरको सामान र एक थान कार बरामद गरेको हो। बरामद गरेको सामान र मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


