धनगढी : नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश कमिटी र धनगढी उपमहानगर कमिटिले बिभिन्न कार्यक्रम आयोजना गरी २६ औँ स्थापना दिवश मनाएको छ । ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरी अटो मेकानिक्स ट्रेड युनियनले स्थापना दिवश मनाएको हो ।
युनियनले स्थापना दिवशकै अवशर पारेर बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीहरुलाई सम्मान समेत गरेको थियो । सोही अवशरमा रक्तदान कार्यक्रम समेत अटो मेकानिक्स ट्रेड युनियनले आयोजना गरेको छ । ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय सहकारी बिभाग प्रमुख देव बहादूर बमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बक्ताहरुले अटो मेकानिक्स ट्रेड युनियनको स्थापना र योगदान बारे चर्चा गरेका थिए । सोही अवशरमा बोल्दै जिफन्टका केन्द्रिय सहकारी बिभाग प्रमुख देव बहादूर बमले निकै मेहेनतका साथ अटो मेकानिक्स ट्रेड युनियन स्थापना गरी यहाँसम्म पुगाएको बताए । अटो क्षेत्रका समस्या समाधानका लागी सम्बन्धीत निकायसंग निरन्तर पहल रहेको र आगामी दिनमा समेत सहकार्य रहिरहने बमले बताए ।
स्थापना दिवशको अवशरमा ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय सहकारी बिभाग प्रमुख देव बहादूर बम, जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादूर मल्ल, अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रकास गैरे, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द लगायतका ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो । अटो मेकानिक्स ट्रेड युनियनले मजदूरका समस्या सम्बोधनका लागी पहल गर्ने देखी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको प्रदेश अध्यक्ष मिन बहादूर कार्कीले बताए । उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने बताएका छन् ।


