धनगढी : बाढी तथा डुवानबाट प्रभावित हुने धनगढी उप महानगरपालिकाले आफ्नै प्रहरीलाई उद्धारका लागी तयार पार्न लागेको छ । बर्षातमा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकहरुको उद्धारका लागी नगर प्रहरीहरुलाई तयार पारिरहेको हो । उप महानगरले प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण गराइरहेको छ । आफ्नै प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण दिइसकेपछि चाँडो उद्धार गर्न सहज हुने अपेक्षा लिइएको छ ।
सधैँको बर्षातमा डुवान र कटानको समस्या भोग्दै आएको धनगढी उप महानगरपालिकाले उद्धार र खोजतलासका लागी आफ्ना प्रहरीहरुलाई प्रशिक्षण दिइरहेको छ । उप महानगरले आफ्ना प्रहरीहरुलाई बाढी तथा डुवानमा उद्धारका लागी तालिम दिइरहेको हो । उप महानगरले कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको लामितालमा नगर प्रहरीहरु लाई वाटर रेस्क्यु प्रशिक्षण दिइरहेको हो ।
उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई उद्दार गर्न नगरप्रहरीलाई परिचालन गर्न रेस्क्यु प्रशिक्षण दिन लागेको हो । २३ गते सम्म संचालन हुने रेस्क्यु प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा २५ जना नगर प्रहरीको सहभागिता रहेको छ । उपमहानगरपालिकाको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले नगरप्रहरीलाई पहिलो पटक वाटर रेस्क्यु प्रशिक्षण दिन लागिएको बताए । उनले डुवान वाढीको पुर्व तयारी स्वरुप नगर प्रहरीलाई तालिम दिन लागिएको बताए । उनले उपमहानगरपालिकाले बाढी र डुवानको उद्दार संम्बन्धि प्रशिक्षण संगै खोज तथा उद्दारका लागि आवश्यक सामाग्रीको पनि जोहो गरेको बताए । उनले नगरमार्फत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई पनि उद्दारका सामाग्री हस्तान्तरण गरिसकिएको बताए ।
धनगढी उपमहानरपालिकालाई युएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्दार सामग्री उपलब्ध गराएको थियो । जसमा लाइव ज्याकेट, स्टेचर, मेगा फोन, गम बुट, सेफ्टी बेल्ट, चेन कटर, सिडी लगायतका सामाग्री रहेका छन । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरिक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले वाढी र डुवानमा उद्दार गर्न सहज हुने बताए । उनले तालिममा स्वुमिङ संगै बोट चलाउने सिप नि प्रदान भएको बताए ।
नगर प्रहरीलाई अत्तरियामा रहेको लामिताल संगै बगिरहेको पानीमा प्रशिक्षण गराउन मोहना नदीमा पनि लगिने छ । तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली प्रशिक्षण दिइरहेको छ । तालिममा उद्दार गर्ने तरिका, स्थानीय श्रोत साधनको प्रयोग गर्ने तरीका, (याफ्ट बोर्ड प्रयोग गर्ने बिधि लगायतका बारेमा जानकारी दिइने जनाइएको छ ।


