धनगढी : नेपाल पब्लिक क्याम्पस संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा ईश्वर सोडारी निर्वाचित भएका छन् । आज धनगढीमा भएको पब्लिक क्याम्पस संघ सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनबाट सोडारी अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नृप बहादूर कुँवर र दान सिहं कार्की, सचिवमा टेकेन्द्र बम, सह सचिवमा प्रभात बोगटी, कोषाध्यक्षमा सुरेश राज धिक्त निर्बिरोध भएका हुन् ।
१५ सदस्यीय प्रदेश समिति गठन गरेको पब्लिक क्याम्पस संघ सुदूरपश्चिमको सम्मेलनलाई प्रदेशका सामाजिक बिकास मन्त्री झपट साउँदले उद्घाटन गरेका थिए । प्राध्यापकहरुको छाता संगठनका रुपमा केन्द्रिय समिति गठन भइसकेको बताउँदै निर्वाचित सचिव बमले आज प्रदेश समिति पनि गठन भएको बताएका छन् । आगामी दिनमा शिक्षा क्षेत्रको बिकासका लागी वकालत संगै प्राध्यापकहरुको क्षमता बिकासका लागीपनि समितिले काम गर्ने जनाएको छ ।


