कैलाली। नेपाली काँग्रेस कैलाली जिल्ला उप–सभापति तथा युवा नेता भीम बडूवालले भ्रष्टाचार विरुद्धको सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पछिको प्रथम कैलाली जिल्ला सम्मेलनमा उनले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति आपत्ति जनाएका हुन् ।
उप–सभापति बडूवालले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न खोजेका थिए । तर जिल्ला सभापति नारायण दत्त भट्टले सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनको आरोप छ । सङ्कल्प प्रस्ताव गर्न नदिए पछि पार्टीको जिल्ला सम्मेलन बाट बाहिरीदै उप–सभापति भीम बडूवालले विरोध जनाएका छन्।कार्यक्रममा आफूलाई बोल्न आग्रह गर्दा समेत सभापति भट्टले बोल्न नदिए पछि उनले विरोध गरेको हुन् । उनले आज सम्मका भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले निर्दोष फस्नु भएन, दोषी उम्कनु नहुने बताए।
भीम बडूवालले प्रथम कैलाली जिल्ला सम्मेलनमा नेपाली काग्रेश कैलालीले जम्मा २ वटा प्रस्ताव लिएर गएका थिए । भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन, जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने प्रस्ताव उनले लिएर थिए । भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै प्रथम कैलाली जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव गर्दा नयाँ सन्देश दिन उनी लागी परेका थिए । देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यस विरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न उनी लागी परेका थिए । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।


