धनगढी। धनगढीको जुगेडाबाट अबैध ६ लाखको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी वडा नम्बर १० जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहित अवैध ६ लाखको सामान प्रहरीले बरामद गरेको हो।
कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बिहीवार अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको बताए। बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउँदले जानकारी दिए । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


