धनगढी। कैलालीमा भ्रष्टाचार विरुद्ध प्रर्दशन गरिएको छ। नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी) कैलालीले भ्रष्टाचार विरुद्ध जुलुस प्रर्दशन गरेको हो । प्रदेशको अस्थायी मुकाम धनगढीको एल एन चोकबाट शुरु भएको प्रर्दशन जिल्ला प्रशासन कैलालीको गेटमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो।
नारावाजीमा उनीहरुले भ्रष्टाचारीलाई कार्वाही गर, भ्रष्टाचार अन्त्यगर, सुसासनलाई कायम गरौँ, सेटिङ माफिया होसियार, सरकारको भ्रष्टाचार बिरुद्धको अभियानमा ऐक्यबद्धता लगायतका नारा लगाएका थिए ।
जिल्ला अध्यक्ष विमल जोशीले सरकारले भ्रष्टाचार बिरुद्धको अभियानमा चालेको कदमलाई स्वागत गर्दै प्रर्दशन गरीएको बताए। उनले हरेक भ्रष्टाचारीको छानबिन गरी दोषीलाई कार्वाही गनर््पर्ने बताए ।नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रस्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको बताए।
सरकारले भ्रस्टाचार काण्डमा ठुला भिआईपीहरुलाई पक्राउ गरेको काम स्वागत योग्य भएको भन्दै त्यो प्रकरणमा नाम जोडीएका जोसुकै लाई कानूनी दायरामा ल्याउन पर्ने जोशीले बताए । कोणसभामा बोल्दै अध्यक्ष जोशीले भने–पार्टीले भ्रस्टाचारीका विरुद्ध आन्दोलन गर्ने छ, जोजो त्यो काण्डमा जोडीएका छन कार्वाही गर्नु पर्छ, सबैको बारे सत्यतथ्य छानविन हुन पर्छ । आर्थिक लेनदेन गरेर नेपालीलाई अमेरीका पठाउने, गैर नेपाली बनाउने जुन चलखेल गरेको छ । जुनसुकै पार्टिको भएपनी कार्वाही हुनुपर्ने उनको जोड छ ।
सांसद देखी मन्त्री जो भएपनी खुट्टा नकमाएर निडर भएर काम कार्वाही बढाउन उनले बताए। यस्ता काममा नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी सदैब साथमा रहेको उनले बताए । सरकारले भ्रस्टाचारी जोगाउने चलखेल आफ्नो पार्टीलाई सैह्य नहुने जोशीले बताए।प्रर्दशनमा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, गिता सोडारी, शुसीला बुढाथोकी, कैलालीका सहसचिव दीर्घ जोशी, युवा संघका केन्द्रीय कार्यालय प्रमुख नरेश गिरी लगाएतका नेता कार्यकताहरु सहभागी थिए ।



