काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार रास्वपाले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएपनि समर्थन भने फिर्ता लिएको थिएन् । रास्वपाले उप प्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा सहभागि भएको थियो । बैशाख १० गते भएको उपनिर्वाचन पछि सो दल सरकारमा सहभागी हुनका लागि छलफल गरेको थियो । रास्वपाले पूर्ववत मन्त्रालयहरु पाउनु पर्ने बताउँदै आएको थियो ।


