कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा हावाहुरीले रुख ढल्दा बिद्युत सेवा अबरुद्ध भएको छ। शनिबार राती आएको हावाहुरीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रुख ढलेर बिद्युत सेवा अबरुद्ध भएको हो।
कञ्चनपुर बेलौरी बिद्युत वितरण केन्द्रका प्रमुख कपिल जोशीले हावाहुरीका कारण झलारी-बेलौरि ३३ केभि लाइन अन्तर्गत मैनाह जङ्गल क्षेत्रमा विद्युत लाईनमा ठुलो रुख ढल्दा एक दर्जन जति पोलमा क्षति पुगेको बताए। बिहानै देखी प्राविधिकहरु मर्मत गरिरहेकाले एक दुई घण्टा लाग्न सक्ने उनको भनाई छ।
दक्षिणी क्षेत्रमा झलारी सब स्टेसनबाट ३३ केभि विद्युत सप्लाइ बेलौरी वितरण केन्द्रमा हुने गरेको छ। झलारीबाट बेलौरी अन्तर्गत चान्देव र मैनाह जङ्गल क्षेत्रमा सामान्य हावाहुरीचल्दा पनी रुख ढल्ने गर्दा विद्युत सेवा अबरुद्ध हूँदै आएको छ।


