धनगढी। दक्षिण एसियाको सीमापार नदी (ट्रोसा) दोस्रो चरणको परियोजना शुभारम्भ गरिएको छ। सुदूरपश्चिममा दक्षिण एसियाको सिमापार नदी (ट्रान्सबोन्ड्री रिभर्स अफ साउथ एसिया –ट्रोसा) को दोस्रो चरणको परियोजना शुभारम्भ गरिएको हो।
अक्सफाम,रुडुकलगायतका संस्थाले संयुक्त रुपमा नदी तटीय क्षेत्रमा हुने जोखिमबाट बचाउन तथा दुई देशबीचको सम्बन्ध सुधार गराउनका लागि सन् २०१८ देखि लागू भएको परियोजनाको दोस्रो चरणको कार्यक्रम सुभारम्भ गरीएको हो। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी घोषणापत्रमा हष्ताक्षर गर्दै परियोजनाको शुभारम्भ गरेका थिए। परियोजनाको दोस्रो चरण अंग्रेजी वर्ष २०२३ मे १ देखि लागू हुने जनाइएको छ ।
सो परियोजना महाकाली नदीले छोएका दार्चुला,डडेल्धुरा,बैतडी र कञ्चनपुरका तटीय क्षेत्रमा लागू छ। परियोजनाअन्तरगत महिलाको जिविकोपार्जन,आर्थिक सशक्तिकरण,द्वन्द्व व्यवस्थापन,दुई देशबीचको सम्बन्धमा सुधार,समन्वय तथा सहकार्यलगायतका कार्य गरिने रुडुककी अध्यक्ष तथा प्रतिनितिसभा सदस्य डाक्टर आरजु राणा देउवाले बताइन्। परियोजनाको पहिलो चरणमा महिला समूहमार्फत् नदी किनारमा वृक्षारोपण,जनचेतना जगाउने,महिला हिंसाविरुद्धको अभियान,पानी शुद्धता परीक्षण,बाढी पूर्वसूचना प्रवाहलगायतको कार्य भएको उनले बताइन् । तीन बुँदे धनगढी घोषणापत्र जारी गरिएको छ।
घोषणापत्रमापरियोजनालाई आगामी दिनमा कार्यान्वयन गर्न सहमत,आर्थिक वर्षको शुरुवातदेखि सरोकारवाला निकायसँग दिर्घकालिन कार्यान्वयन गराउन,महाकाली नदीको संरक्षण,सदुपयोग तथा समग्र विकास गर्नका लागि नेपाल सरकार,प्रदेश सरकारस्तरीय महाकाली नदी तटीय क्षेत्रका लागि विज्ञ आयोग गठनका लागि सरोकारवाला निकायसँग छलफल गरी पहलकदमी गर्ने उल्लेख गरिएको छ । सो घोषणापत्रमा प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहले दुई देशबीचको सम्बन्ध सुधार गर्न मित्रवत व्यवहार आवश्यक रहेको बताए।
उनले मित्रवत व्यवहारले मात्र सबै समस्याको समाधान हुने बताए। नदीय तटीय क्षेत्रका बासिन्दाले कटान,डुवानलगायतका समस्या भोग्नुपरेको र बनाइएका तटबन्धन पनि नदीले बगाएकाले प्रदेश सरकारले बिभिन्न योजना बनाइरहेको उनले बताए । अझै पनि महाकाली तटीय क्षेत्रका बासिन्दामा कटान हुने त्रास रहेकाले तटबन्धन आवश्यक पर्ने सुझाब दिइएको छ । कार्यक्रममा सहभागीहरुले पनी सीमा क्षेत्रमा दुई देशबीचका नागरिकमा रुष्टता,नाकामा आवतजावत समस्या, तुइन ब्यवस्थापनका समस्या रहेकाले यस्लाई ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।


